०९ असार २०८३, मंगलबार

ब्रेक्जिट डीलमा डिसेम्बर ११ मा हुनेछ मतदान

मंसिर ११, २०७५
ब्रेक्जिट डीलमा डिसेम्बर ११ मा हुनेछ मतदान

काठमाडौं — बेलायतकी प्रधानमन्त्री टेरिजा मेले ब्रेक्जिटका विषयमा डिसेम्बर ११ मा मतदान हुने बताएकी छिन् । 

युरोपेली संघका मुलुकहरूले आइतवार ब्रेक्जिट सहमतिलाई स्वीकृति दिइसकेका छन् । अट्ठाईस सदस्ययुक्त आर्थिक समूहबाट बेलायत अलग्गिने आधार यसले दिएको छ । 

बेलायती संसद्को स्वीकृति प्राप्त भएपछि यसलाई लागू गरिनेछ । 

युरोपेली संघसँग विगत दुई वर्षदेखि ब्रेक्जिट सम्झौतामा जटिल र कष्टकर छलफल चलिरहेको छ । सम्झौता नै नहुने हो कि भनी आशंका पनि बनिरह्यो । 

तर बेलायती संसदमा अहिले ब्रेक्जिटका विषयमा चलिरहेको रडाको विगत दुई वर्षको तुलनामा सानो देखिएको छ । 

मेलाई अन्तिम र सबभन्दा ठूलो अडचन पार गर्ने चुनौती छ । उनले बेलायती संसदमा यो सम्झौतालाई पारित गराउनुपर्ने हुन्छ । मेकै कन्जर्भेटिभ दलका सांसदले पनि यसको विरोध गरिरहेका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्