
काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सुरक्षाबलले मेक्सिको सीमामा बाध्यता परेकाले अश्रूग्यास प्रहार गर्नुपरेको बताएका छन् ।
केही मानिसले सीमा पार गर्ने कोशिश गरिरहँदा अश्रूगयास हानिएको तर बच्चालाई ताकेर चाहिँ प्रहार नगरिएको उनको भनाइ छ । ह्वाइट हाउसमा संवाददाताहरूको प्रश्नको उत्तर दिने क्रममा ट्रम्पले यसो भनेका हुन् ।
ट्रम्पले भने, ‘हामीहरू बच्चामाथि अश्रूग्यास प्रहार गर्दैनौं । केही मानिस जबर्जस्ती सीमाबाट प्रवेश गर्न खोज्दैथिए । तर कोही पनि हाम्रो देशमा अवैध तरिकाले पस्न पाउँदैन ।’
मेक्सिकोले शरणार्थीहरूलाई सीमा पार गर्न नदिने आफूलाई बताएको ट्रम्पको भनाइ छ । ‘मेक्सिकोसँगको सीमा केही समयका लागि बन्द गरेका छौं । उनीहरू हाम्रो देशमा आउन पाउँदैनन्,’ ट्रम्पले भने ।
एजेन्सी