२९ असार २०८३, सोमबार

तामाकोशीको शेयर बाँडफाँड : आवेदन दिने सबैले पाए ४० कित्ता

मंसिर ११, २०७५
तामाकोशीको शेयर बाँडफाँड : आवेदन दिने सबैले पाए ४० कित्ता

काठमाडौं – नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्व रहेको माथिल्लो तामाकोशी हाइड्रोपावरको शेयर मंगलबार बाँडफाँड गरिएको छ ।

सामुहिक लगानी कोषका लागि छुट्याइएको ७ लाख ९४ हजार २ सय ५० कित्तासहित १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर गत कात्तिक १९ देखि १९ सम्म सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । 

नतिजाअनुसार ५० कित्तादेखि १००० कित्तासम्म आवेदन दिने आवेदनको ६ करोड ४६ लाख १८ हजार ८ सय ४३ कित्ता शेयरको लागि न्यूनतम ४० कित्ता शेयरका दरले १ करोड ३३ लाख ६३ हजार बाँडफाँड गरिएको छ । 

बाँडफाँडबाट बाँकी रहेका १७ लाख २७ हजार ७ सय ५० कित्ता शेयरका लागि पुनः ३ लाख ३४ हजार ७५ जना आवेदक मध्येबाट गोलाप्रथाद्वारा १० कित्ताका दरले कूल १ लाख ७२ हजार ७ सय ७५ जना आवेदक छनौट गरी १० कित्ता थप गरिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्