
काठमाडौं– मंसिर १४ देखि १७ गतेसम्म हुन गइरहेको एसिया प्रशान्त सम्मेलनका कारण काठमाडौंको सवारी व्यवस्था प्रभावित हुने भएको छ ।
सम्मेलनमा सहभागी हुन विभिन्न देशका अतिविशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षाका लागि गृह मन्त्रालयले काठमाडौंको सवारी व्यवस्थापन गर्न लागेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जोर बिजोर प्रणाली लागू गरी सवारी व्यवस्थापन गरिने छ ।
सम्मेलनका लागि काठमाडौंमो मंसिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू हुने छ । मंसिर १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधन चल्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक जितेन्द्र दाहालले जानकारी दिए ।
दाहालका अनुसार सो अवधिमा अत्यावश्यक सेवा तथा शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू हुने छैन ।