०७ असार २०८३, आइतबार

थ्रेसरले किचेर फेरि एकजनाको मृत्यु

मंसिर ११, २०७५
थ्रेसरले किचेर फेरि एकजनाको मृत्यु

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिका–४ साइबाबा चोकबाट धान थे्रसर लगाएर फर्किंदै गरेको ना५त ४९७५ नंंको ट्र्याक्टरमा जडित थे्रसर मेशिन पल्टिँदा वडा नं ७ का ४७ वर्षीय बालकिशोर सिंहको मृत्यु भएको छ । 

घाइते सिंहलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

पाँच दिनअघि मात्रै सर्लाहीको कविलासी नगरपालिका–९ सलेमपुरमा थे्रसर मेशिनमा बेरिएर एक मजदूरको ज्यान गएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्