०६ असार २०८३, शनिबार

मदिरामा कडाई,  बेलुकी ५ देखि १० बजेसम्म मात्र बिक्री तथा सेवन गर्न पाइने

मंसिर १२, २०७५
मदिरामा कडाई,  बेलुकी ५ देखि १० बजेसम्म मात्र बिक्री तथा सेवन गर्न पाइने

काठमाडौँ – सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र विज्ञापनमा कडाइ गर्ने भएको छ । यसका लागि मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गरिँदै छ । 

गृह मन्त्रालयले तयार पारेको आदेश मस्यौदा अनुसार इजाजत प्राप्त बिक्रेताले दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म मात्र मदिरा बेच्न पाउनेछन् । ‘इजाजतपत्र प्राप्त होटल, लज, बार तथा रेस्टुरेन्टले बेलुकी ५ देखि १० बजेसम्म मात्र मदिरा बिक्री वितरण तथा सेवन गराउन पाउने छ,’ मस्यौदामा उल्लेख छ । होटल, लज, रिसोर्ट, बार, रेस्टुरेन्टको बाहिरी भागमा बसेर मदिरा सेवन गर्न र गराउन नपाउने व्यवस्था गरिएको छ ।
कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्