काठमाडौं, २० फागुन — हिँजोदेखि मौसममा हल्का परिवर्तन भएको छ । मौसमविद्का अनुसार अब जाडो सकिएर गर्मी चढ्ने छ ।
हिँजो साँझ हल्का वर्षा भएको थियो । देशका अरु ठाउँमा पनि हिँजोदेखिनै मौसममा हल्का परिवर्तन आएको मासमविद् बरुण पौडलले बताए ।
उनका अनुसार यो समय प्री मनसुनको समय हो । अब तीन महिना प्री मौसमको समय रहेपछि मनसुन सुरु हुने उनले बताए । प्री मनसुनको समयमा स्थानीय जलवाष्पहरू सक्रिय रहने भएकोले हावाहुरी चल्ने, चट्यांग पर्ने र साँझपख वर्षा हुन्छ ।
बिहीवारको हावाहुरी र सिमसिमे वषौ पनि गर्मी चाहिँ बढेर जाने उनले बताए ।