२३ असार २०८३, मंगलबार

ज्ञानेन्द्रको कप्तानीमा १८ सदस्यीय टोली घोषणा, सन्दीपले दुईवटा खेल मात्र खेल्ने

मंसिर १२, २०७५
ज्ञानेन्द्रको कप्तानीमा १८ सदस्यीय टोली घोषणा, सन्दीपले दुईवटा खेल मात्र खेल्ने

काठमाडौँ– यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग ९इपिए० टी–२० क्रिकेट प्रतियोगिताका लागि ललितपुर प्याट्रियसले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलननमा क्लबले राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका मल्लको नेतृत्वमा तीन भारतीय खेलाडीसहित १८ जनाको नाम सार्वजनिक गरेको छ । 

घोषित टोलीमा कप्तान मल्लसहित भारतीय खेलाडी जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमार छन् । त्यसैगरी टोलीमा सन्दीप लामिछाने, ललित राजवंशी, सोनु तामाङ कुशल भूर्तेल, शंकर राना, रसिद खान, पवन सार्राफ, सन्दीप जोरा, नारायण जोशी, योगेन्द्र सिंह कार्की लगायत छन् । 

इपिएलका लागि ललितपुरले खेलाडीका लागि मात्र रु ३५ देखि ४० लाख खर्च गर्न लागेको जनाएको छ । खेलाडीको सबै सुविधाका लागि उनीहरुले अघिल्लो संस्करणको भन्दा झण्डै तेब्बर रकम खर्च भएको ललितपुर अध्यक्ष किशोर श्रेष्ठले बताए । 


नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यतिबेला यूएईमा जारी टी–१० लिगमा व्यस्त छन् । उनले यही मङ्सिर २२ देखि शुरु हुने एभरेष्ट प्रिमियर लिग ९पिएल० मा ललितपुर प्याट्रियट्सको प्रतिनिधित्व गर्नेछन् । 

तर अष्ट्रेलियाको बिग ब्यास लिगमा समेत सहभागिता जनाएका उनले इपिएलको शुरुआती दुई खेलमात्र खेल्ने भएका छन् । ललितपुर प्याट्रियट्सका अध्यक्ष महर्जनले पत्रकार सम्मेलनमा भने, “सन्दीपले मङ्सिर २२ मा विराटनगर वारियर्स र मङ्सिर २३ मा चितवन टाइगर्स विरुद्धको खलेमा मात्र सहभागीता जनाउनेछन् ।” 

यही मङ्सिर २२ गतेदिख शुरु भई पुस ७ गते समापन हुनेछ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिका अनुसार प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रियस, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्