
लमजुङ– लमजुङका एक ९५ वर्षीय वृद्धले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
बेंसीशहर नगरपालिका–१ पौडेल गाउँका सूर्यप्रसाद वस्तीले आज नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।
प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले उहाँको घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो । यसअघि विसं २०३७ मा गाउँमा आएको टोलीबाट उहाँले अस्थायी निस्सा लिनुभएका थियो ।