
काठमाडौं–सरकारले मदिरा उत्पादन, बिक्री र प्रचारप्रसारमा अंकुश लगाउने भएको छ ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ–गृह मन्त्रालयले कार्यकारी ओदश जारी गर्दै मदिराको उत्पादनदेखि प्रचारप्रसार सम्म अंकुश लगाउने तयारी गरेको हो ।
शान्ति सुरक्षामा खलल पुर्याउने तथा महिला हिंसा बढाउन कारक रहेको भन्दै गृहले कडा नियम बनाउन लागेको हो ।