
काठमाडौ - काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटमा सहभागी हुन विभिन्न देशका विशिष्ट व्यक्तिहरु काठमाडौँ आउने क्रम शुरु भएको छ । भोलि (शुक्रबार) मंसिर १४ गतेदेखि १७ गते सम्म काठमाडौमा हुने समिटमा सहभागी हुन आज म्यानमारका स्टेट काउन्सिलर र क्याम्बोडियाका प्रधानमन्त्री आउन लागेका छन् ।
म्यानमारका स्टेट काउन्सिलर आङ सान सुची आउने १० बजे र क्याम्बोडियाका प्रधानमन्त्रि हु सेन १०ः४० बजे काठमाडौं आउने कार्यक्रम रहेको छ । बिहीबार काठमाडौं आउने म्यान्मारकी नेत्री सुकी र कम्बोडियाका प्रधानमन्त्री सेन होटल सोल्टीमा बस्नेछन् ।
उनीहरूझैं सम्मेलनमा आउने ७ सरकार–राष्ट्र प्रमुख उपप्रमुख पनि त्यही होटलमा राख्ने आयोजकको तयारी छ । समिटमा सहभागी हुन झन्डै ४५ देशबाट १५ सय पाहुना नेपाल आउने छन् । समटिका लागि उपत्यकाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।