१८ असार २०८३, बिहीबार

जोर बिजोर प्रणालीमा संशोधन, यो समयमा जुनसुकै नम्बरका गाडी चलाउन पाइने

मंसिर १३, २०७५
जोर बिजोर प्रणालीमा संशोधन, यो समयमा जुनसुकै नम्बरका गाडी चलाउन पाइने

काठमाडौं– शुक्रवारदेखि काठमाडौंमा शुरु हुने एसिया प्यासिफिक (प्रशान्त) सम्मेलनलाई मध्यनजर गरेर काठमाडौंका सवारी साधनमा जारी गरिएको जोर बिजोर प्रणाली रातिको समयमा लागू नहुने जनाइएको छ । 

गृह मन्त्रालयको निर्देशनानुसार महानगरीय ट्राफिक महाशाखाले बिहीवारदेखि काठमाडौं उपत्यकाका सवारीमा जोर बिजोर प्रणाली लागू गरेको थियो । 

विभिन्न देशका विशिष्ट व्यक्तिको सुरक्षा र सवारीलाई मध्यनजर गर्दै सरकारले उपत्यकामा जोर बिजोर प्रणाली लागू गरेको जनाएको छ । 

जोर बिजोर प्रणाली राति ८ बजेदेखि विहान ८ बजेको समयमा भने लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्