०९ असार २०८३, मंगलबार

लागुऔषध सहित २ जना भारतीय नागरिक पक्राउ

मंसिर १३, २०७५
लागुऔषध सहित २ जना भारतीय नागरिक पक्राउ

काठमाडौं –प्रहरीले लागुऔषध सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका ७, थानकोटमा  भारतीय नम्बर प्लेटको कारलाई चेकजाँचका क्रममा कारको पछाडीको सिटमा रहेको जेब्रा झोलामा लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध डाईजेपाम ६९५ एम्पुल,  नुर्फिन ६९६ एम्पुल र फेनार्गन ४९५ एम्पुल गरी जम्मा १८८६ एम्पुल र वाईन सिरेफ ७ बोतल सहित उक्त कारका चालक भारतको विहार, चम्पारण बस्ने २९ बर्षीय सविर अली र सोही कारमा सवार ५५ वर्षीय करण सहनीलाई नियन्त्रणमा लिएको हो । 
    घटनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्