३१ जेठ २०८३, आइतबार

बेलायतबाट बाहिरिने भन्दा भित्रिनेको संख्या बढी

मंसिर १३, २०७५
बेलायतबाट बाहिरिने भन्दा भित्रिनेको संख्या बढी

लण्डन– बेलायतमा सन् २०१८ को जुन महिनामा देशबाट बाहिरने भन्दा भित्रिनेको संख्या धेरै रहेको पाइएको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार जुनमा कुल छ लाख २५ हजार जना भित्रिएका छन् भने तीन लाख ५१ हजार जना बाहिरिएका छन् । 

कार्यालयले बेलायत आउने र बस्नेहरुको संख्या पहिलाभन्दा बढ्दै गएको देखिएको पनि जनाएको छ । 

बेलायत आउनेहरुमा पढ्ने र काम गर्ने उद्देश्य बनाएकाहरु धेरै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

चीन र भारत लगायतका देशहरुबाट स्नातकोत्तर अध्ययनका लागि आउनेहरुको संख्या पहिला भन्दा अहिले १० प्रतिशतले बृद्धि भएको तथ्याङ्क कार्यालयको भनाई छ । 
 

salt training

कमेन्ट गर्नुहोस्