०६ असार २०८३, शनिबार

काँग्रेस नेताको मर्यादाक्रम तोक्न माग

मंसिर १४, २०७५
काँग्रेस नेताको मर्यादाक्रम तोक्न माग

नुवाकोट –पार्टी विधानबारे देशभरका जिल्ला सभापतिहरूको साझा धारणा बनाउन भन्दै नुवाकोटको ककनीमा बसेको जिल्ला सभापतिहरूको भेला ३८ बुँदे ‘ककनी घोषणापत्र’ जारी गर्दै सकिएको छ ।

भेलाले पार्टीको नयाँ विधानमा नेता कार्यकर्ताको मर्यादाक्रम पार्टी विधानको अनुसूचीमा नै तोक्न नेतृत्वसँग माग गरेको छ ।

यस्तै पदाधिकारी संख्या बढाउनुपर्ने, मनोनीत सदस्यको संख्या अघिल्ला महाधिवेशनभन्दा नबढ्ने गरी राखिनुपर्ने, जिल्ला तहलाई दिइने अधिकार प्रस्ट पार्नुपर्ने, सदस्यता वितरण गर्दा सम्मानित सदस्यताको व्यवस्था थप गर्नुपर्ने, मनोनीत गर्ने अधिकार केन्द्रीय सभापतिदेखि टोल कार्य समितिको सभापतिलाई समान रूपमा दिइनुपर्नेलगायतका २४ बुँदे विधानसम्बन्धी र १४ बुँदे राजनीतिक प्रस्ताव पारित पनि पारित गरेको खबर आजको राजधानी दैनिकमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्