०५ असार २०८३, शुक्रबार

सामाजिक सुरक्षा योजनाको प्रचारमा कति भयो खर्च ?

मंसिर १४, २०७५
सामाजिक सुरक्षा योजनाको प्रचारमा कति भयो खर्च ?

काठमाडौं–सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भको प्रचार–प्रसार र उद्घाटन व्यवस्थापनका लागि ६७ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ । 
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खर्चको जानकारी गराएका हुन् ।

प्रचार–प्रसार र उद्घाटन कार्यक्रमको व्यवस्थापनमा लागेको खर्च अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको उनले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्