
काठमाडौं- एसिया प्यासिफिक समिटीमा सहभागी हुन आएका भीआइपीको मार्ग पर्ने विभिन्न स्थानमा सवारी आवागमन अवरुद्ध हुने भएको छ ।
ट्राफिक प्रहरीले अबको केही समयमा विषेश कारणवश सोल्टीमोड, कालिमाटी चौक,टेकु,भोटेबहाल,त्रिपुरेश्वर चौक,थापाथली,कुपण्डोल,हरिहरभवन,पुलचोक,मङगलबजार,पाटनदरवार स्क्वायर हुँदै चल्ने सवारी साधनहरु एकतर्फी रुपमा प्रभावित हुने जनाएको छ ।
उक्त मार्ग भएर चल्ने सवारी साधनहरुले वैकल्पिक मार्गको प्रयोग गर्नुहुन महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।