२९ जेठ २०८३, शुक्रबार

अत्यधिक औषधि खाँदा कम भयो अमेरिकीहरूको जिन्दगी

मंसिर १४, २०७५
अत्यधिक औषधि खाँदा कम भयो अमेरिकीहरूको जिन्दगी

काठमाडौं — अमेरिकामा सन् २०१७ मा औषधिको अत्यधिक सेवन र आत्महत्यामा वृद्धि भएकाले औसत आय घटेको छ । 

अमेरिकाको राष्ट्रिय स्वास्थ्य तथ्यांक केन्द्रको अध्ययनले देखाएअनुसार, अधिक औषधि खाएर भएको मृत्युमा सन् २०१६ को तुलनामा ९.६ प्रतिशत वृद्धि भएको छ । यसैले गर्दा मर्नेहरूको संख्या ७० हजारभन्दा बढी भएको छ । 

अनि अमेरिकामा आत्महत्याको संख्यामा ३.७ प्रतिशत वृद्धि पनि भएको छ । 

अमेरिकाको औसत आयु अघिल्लो वर्षभन्दा ०.१ प्रतिशत घटेर ७८.६ वर्ष भएको छ । अमेरिकाभरि पेनकिलर औषधि र अफिममा आधारित औषधिले बजार भरिएको छ । कृत्रिम अफिम तथा नशालु पदार्थ हेरोइन पनि सजिलै पाइन्छ । 
तथ्यांकमा देखिएअनुसार, विगत केही वर्षमा अमेरिकामा औसत आयु घटेको छ । 

यस दशकमा पहिलोपटक सन् २०१५ मा अधिक औषधि लिनु औसत आयुको ठूलो कारण हो । क्यानाडाली नागरिकको तुलनामा अमेरिकीहरूको तुलनामा तीन वर्ष बढी बाँच्छन् । संसारमा सबभन्दा बढी औसत आयु भएका मानिस जापानमा छन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्