०२ असार २०८३, मंगलबार

इन्द्रकमल बास्कोटा प्रतिष्ठानले विद्यार्थीलाई बाड्यो न्यायो कपडा

मंसिर १४, २०७५
इन्द्रकमल बास्कोटा प्रतिष्ठानले विद्यार्थीलाई बाड्यो न्यायो कपडा

मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेको इन्द्रकमल बास्कोटा प्रतिष्ठानले विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरेको छ । 

पथरी शनिश्चरे ३ मा अवस्थित श्री जनता माद्यामिक विद्यालमा अध्ययन गरिरहेका ५० जना विद्यार्थीलाई न्यायो कपडा र स्वीटर वितरण गरिएको हो । 

विद्यालयले छनौट गरेका ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा र स्वीटर प्रतिष्ठानले वितरण गरेको हो । बिहीबार जनता माविमै आयोजित एक सार्वजनिक कार्यक्रममार्फत अति बिपन्न परिवारका ती विद्यार्थीहरुलाइ स्विटर वितरण गरिएको हो । 

हिउँदे जाडोका कारण नियमित विद्यालय आउन नसक्ने थुप्रै विद्यार्थीलाई विद्यालय आउनजान सहज होस् भनेर सो स्विटर वितरण गरिएको प्रतिष्ठानका प्रमुख सल्लाहकार युवराज बास्कोटाले जानकारी दिए  । 

सोही कार्यक्रममा प्रतिष्ठानले १ लाख रूपैयाँको इन्द्रकमल अक्षयकोष  विद्यालयमा स्थापना गरेको छ  । विद्यालयसँग खाजा कार्यक्रममा सहकार्यका लागि २५ विद्यालयलाई दैनिक खाजा खुवाउने कार्यक्रमको पनि यहीँ कार्यक्रममाझ नै सुरुवात गरिएको छ ।

२५ जना अति निम्न विद्यार्थीलाई प्रतिष्ठानले १ वर्षसम्म दिउँसोको खाजा खुवाउने भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा  सहभागी पथरीशनिश्चरे नगरका उपप्रमुख यमुना बिष्ट बास्तोलाले यस्ता किसिमका सिर्जनात्मक कार्यक्रमले समाजमा परस्पर हार्दिकता, सहिष्णुता र सद्भभावले भरिएको नयाँ संस्कृति निर्माण गर्ने र नियमित विद्यालय आउनर जान नसकेका कैयौं बालबालिकालाई विद्यालयसम्म पुर्याएउन सहयोग पुग्ने बताइन् । उनले अर्को एउटा सन्दर्भमाथि केन्द्रीकृत हुँदै समाजसेवी दर्जनौं व्यक्तित्वहरू जन्माउन सक्ने विद्यालयले आफ्नो शैक्षिक वातावरण पनि बनाउनुपर्नेमा जोड दिइन् । यस काममा नगरपालिकाले सहयोग गर्ने बताइन् ।

सोही वडाका वडाअध्यक्ष तथा विद्यालय व्यवस्थापन कमिटी अध्यक्ष डम्बर बहादुर चेम्जोङ, विद्यालयका प्रधानाध्यापक पदम सापकोटा, पुराना शिक्षक रूपनारायण भट्टराई, भूवनेश्वर पोखरेल र प्रतिष्ठानका प्रमुख सल्लाहकार बास्कोटाले आफ्ना धारणा राखेका थिए । 

विभिन्न सामाजिक कृयाकलाप  गर्दै आएको प्रतिष्ठानले यो कार्यक्रमलाई क्रमशः पछि पनि निरन्तरता दिने प्रमुख सल्लाहकार बास्कोटाले जनाए ।

salt training

कमेन्ट गर्नुहोस्