१३ असार २०८३, शनिबार

सर्पले तर्साएर गरे दुष्कर्म, त्यही सर्पले लियो ज्यान (भिडियो)

मंसिर १४, २०७५
सर्पले तर्साएर गरे दुष्कर्म, त्यही सर्पले लियो ज्यान (भिडियो)

काठमाडौं — चीनको एक होटलमा बलात्कार र मृत्युको निकै अनौठो घटना भएको छ । होटलको एक कोठामा तीन सर्प र एकजनाको मृत शरीर फेला परेको छ । 

होटल स्टाफले अनुसन्धानका लागि फायर ब्रिगेड बोलाए अनि सातजना फायरम्यान घटनास्थलमा आइपुगे । उनीहरूको अनुसन्धानमा पत्ता लाग्यो, सप लिएर आउने मानिसको नियत गलत रहेछ । 

होटलको कोठामा एक युवती भेटिइन् । मृत व्यक्तिले उनको बलात्कार गर्न चाहेको उनले खुलासा गरिन् । उनलाई तर्साउनका लागि उक्त व्यक्तिले कोठामा सर्प ल्याएको युवतीको भनाइ रह्यो । 

फायरफाइटरहरूका अनुसार, उनीहरूले भेटेको सर्प संसारको सबभन्दा विषालुमध्ये एक हो । उनीहरू कोठामा पुग्दा सर्प ल्याउने मानिसको मृत्यु भइसकेको थियो । 

शियाओ हुआ नामक महिलाले प्रहरीसमक्ष बयान दिँदै एक व्यक्तिले आफूलाई साँझ ५ बजे होटलको कोठामा लगेको बताइन् । उनी कोठामा छिर्नेबित्तिकै उक्त व्यक्तिले तीनवटा सर्प बाहिर निकाले र त्यही देखाएर तर्साउँदै बलात्कार गरे । 

राति तिनै सर्पले ती व्यक्तिलाई टोके । व्यक्तिले टोकिएपछि उपचार गराउनुको साटो ओछ्यानमा सुतेको महिलाको भनाइ छ । 

आधी रातमा शियाओ होटलबाट घर गइन् । अनि उनी परिवारसँगै प्रहरीसमक्ष उजुरी गर्न गइन् । 

पोस्टमार्टममा उक्त व्यक्तिको मृत्यु सर्पले टोकेर नै भएको पाइयो । बलात्कारको आरोप लगाउने युवतीको स्वास्थ्य परीक्षण भइरहेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्