२२ जेठ २०८३, शुक्रबार

हङकङमा सडक दुर्घटना, पाँचजनाको मृत्यु

मंसिर १४, २०७५
हङकङमा सडक दुर्घटना, पाँचजनाको मृत्यु

काठमाडौं — हङकङमा शुक्रवार बिहानै बस र ट्याक्सी ठोकिँदा पाँचजनाको मृत्यु भएको छ । बत्तीस मानिस घाइते भएका छन् । 

क्याथे प्यासिफिक एयरलाइन्सको विमानका कर्मचारी बोकेको एक बस बिहान ५ बजे विमानस्थल जाने क्रममा ट्याक्सीसँग ठोकिएको थियो । 

ट्याक्सीको पछिल्लो भाग पूरै कुच्चिएको छ अनि बसको दुवैतर्फको भागमा क्षति पुगेको छ । त्सिङ यी टापुमा भएको दुर्घटनामा बसमा रगतका टाटा समेत छन् ।

‘ट्याक्सी बिग्रेर सडकछेउमा देब्रेतर्फ रोकिएको थियो । त्यो रोकिएको ४० सेकेन्डपछि बसले पछाडिबाट हिर्कायो,’ प्रहरी सुपरीवेक्षक यिप  सिउ–मिङले बताए । 

ठोकिएपछि बसले नियन्त्रण गुमाएको यिपले थपे । त्यसपछि त्यो दाहिनेतर्फको अनि हुत्तिएर देब्रेतर्फको रेलिङमा ठोकिएको र तीनजना यात्रु बसबाट फालिएका थिए । बस चालक समेत बसबाट हुत्तिएर बाहिर पुगेका थिए । 

प्रहरीका अनुसार, ट्याक्सी चालक र दुई पुरुष अनि बसका दुई यात्रुको मृत्यु भएको हो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्