२२ जेठ २०८३, शुक्रबार

आदिवासी बालकले चलाएका थिए क्रिस्चियन धर्मप्रचारकमाथि वाण

मंसिर १४, २०७५
आदिवासी बालकले चलाएका थिए क्रिस्चियन धर्मप्रचारकमाथि वाण

काठमाडौं — भारतको अन्डमान निकोबार टापु समूहको नर्थ सेन्टिनेल टापुमा मारिएका अमेरिकी धर्मप्रचारक जोन एलेन चाउमाथि आदिवासी बालकले वाण चलाएको थाहा भएको छ । 

चाउले लेखेका केही नोटहरू प्रहरीले फेला पारेको छ । नोटमा चाउले सेन्टिनेल टापुका आदिवासीलाई थप राम्ररी चिन्न चाहेको लेखेका रहेछन् । 

अब्जर्भेसन शीर्षकमा लेखिएको नोट अन्डमान प्रहरीले एस ज्याम्पु नामक माझीबाट फेला पारेका हुन् । 

अन्डमानको सबभन्दा पल्लो गाउँबाट सेन्टिनेल टापु पुग्नका लागि लगभग तीन घन्टा लाग्छ । चाउलाई उक्त प्रतिबन्धित टापुमा लग्ने चार माझीलाई प्रहरीले पक्राउ गरेको छ । 

चाउको नोट मानवशास्त्रीहरूलाई पनि दिइएको छ । चाउको लाशका बारेमा केही जानकारी पाइन सक्ने आशामा नोट दिइएको हो । 

चाउ उक्त टापुमा इसाइ धर्म प्रचार गर्न चाहन्थे । 

चाउका अनुसार, नोभेम्बर १५ को बिहान उनी टापुमा पुग्दा एक व्यक्ति भेटिए जो शायद उनीहरूका मुखिया थिए । 

उक्त व्यक्तिले फूलको एक सेतो मुकुट लगाएका थिए । चाउका अनुसार, उक्त व्यक्ति एक पत्थरमाथि बढे र चिच्याउन थाले । 

सेन्टिनेलवासीहरू असाध्यै चर्को ध्वनि निकाल्थे ः जस्तो, ब, प, ल र स । सेन्टिनेल टापुको भाषाका बारेमा धेरै जानकारी भेटिँदैन । 

दश वर्षीय एक बालकले चाउमाथि वाण प्रहार गरेका थिए । तर चाउले हातमा बाइबल समातेका थिए र वाण बाइबलमा लाग्यो । त्यो वाण बाइबलको पृष्ठ संख्या ९३३ सम्म पुग्यो । तीर धातुले बनेको थियो तर एकदमै पातलो र तीखो थियो । 

एक अनुमानअनुसार, सेन्टिनेलवासीहरू डुबेका जहाजको धातुको प्रयोग वाण बनाउनका लागि गर्छन् । 

चाउले आदिवासीहरूको हाउभाउका बारेमा यसो लेखेका छन्, ‘उनीहरू औंला देखाएर कुनै ठाउँको इशारा गर्छन् । उनीहरूले धनु र तीर सँगै लिएका छन् भने मार्न तयार छन् भनी बुझ्नुपर्छ ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्