१२ साउन २०८३, मंगलबार

मेगा बैंक र ज्योति लाइफ इन्स्योरेन्सबीच बैंकएस्योरेन्स सम्झौता

मंसिर १४, २०७५
मेगा बैंक र ज्योति लाइफ इन्स्योरेन्सबीच बैंकएस्योरेन्स सम्झौता

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकएस्योरेन्स सम्झौता भएको छ । 

मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले बैंकएस्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि मेगा बैंकका जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकलाई सुविधा हुने मेगा बैंकको विश्वास छ । ग्राहकले मेगा बैंकका देशभरका शाखाबाट ज्योति लाइफ इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने छन् ।

मेगा बैंकका १ सय २ वटा शाखा, १८ वटा एक्टेनसन काउन्टर, १ सय १९ वटा शाखारहित बैंकिङ केन्द्र, २ हजार ३ सयभन्दा बढी मेगा रेमिट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्