३० जेठ २०८३, शनिबार

चीनमा ट्यांकर र बस ठोक्किए, दशको मृत्यु

कात्तिक २०, २०७४
चीनमा ट्यांकर र बस ठोक्किए, दशको मृत्यु
काठमाडौं, २० फागुन — चीनको दक्षिण पश्चिम युन्नान प्रान्तमा बिहीवार ट्यांकर र बस ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।


अधिकारीहरूका अनुसार दुर्घटना लानसाङ शहरको युनशियाङ काउन्टीको राजमार्गमा उक्त दुर्घटना भएको हो ।

बससँग ठोक्किएपछि सिमेन्ट बोकेको ट्यांकर सडकमा झ्याप्पै मोडिएको थियो ।

बसमा दुई चालकसहित ४७ मानिस सवार थिए ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कुनमिङतिर गइरहेको बस दुर्घटनामा पल्टिएको थियो । नौजनाको त

घटनास्थलमै मृत्यु भयो भने एकजना अस्पतालमा बिते ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार चलिरहेको छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्