२६ जेठ २०८३, मंगलबार

मध्य अफ्रिकामा १५ लाख बालबालिकालाई 'सहयोग'को आवश्यकता

मंसिर १४, २०७५
मध्य अफ्रिकामा १५ लाख बालबालिकालाई 'सहयोग'को आवश्यकता

जेनेभा– मध्य अफ्रिकी गणतन्त्रका दुई तिहाइ बालबालिकालाई आधारभूत मानवीय सहयोगको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । 

गरिब मुलुकको ‘उपेक्षित’ सङ्कट थप खराब अवस्थामा पुगेको चेतावनी दिँदै राष्ट्रसङ्घको बालबालिकाको अधिकारका लागि कार्यरत निकाय यूनिसेफले भनेको छ, “सन् २०१६ मा आधारभूत सहयोगको आवश्यकता रहेका बालबालिका तीन लाख रहेकोमा सन् २०१८ मा यो सङ्ख्यामा पाँच गुणा बढेर १५ लाख पुगेको छ ।” 

मध्य अफ्रिकी गणतन्त्रका लागि संस्थाकी उच्च प्रतिनिधि क्रिश्टिन मुहिघानाले जेनेभामा सञ्चारकर्मीसँग भने, “मध्य अफ्रिकाको अवस्था मुलुकको सन् २०१३ को पृथकतावादी द्वन्द्वका समयभन्दा ‘सम्भवत अझ खराब’ बनेको छ ।” 

सन् २०१३ मा भएको पृथकतावादी मुसलमान विद्रोहीको गठबन्धन समूह सेलेकाले लामो समयदेखि मध्य अफ्रिकाको नेतृत्व गर्दै आएका क्रिश्चियन नेता फ्रान्स्वाँ बोजिजलाई आन्दोलनको बलमा पदच्युत गरेको थियो । 

राज्यको धेरैजसो भूभाग अर्थात् झण्डै फ्रान्सको जति क्षेत्रफलमा मुसलमान मिलिसिया समूहको नियन्त्रण रहेको छ । 

“यस असामान्य परिस्थितिमा हाम्रो प्रयास भनेको बालबालिकालाई जीवित राख्नु हो,” मुहिघानाले बताए । 

“सहयोगको अपेक्षमा रहेका बालबालिकाको उक्त सङ्ख्याबाहेक हरेक चार बालबालिकामध्ये एक जना कि आन्तरिक रूपमा विस्थापित बनेका छन् कि शरणार्थीका रूपमा विदेश पलायन भएका छन् , यूनिसेफको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।” 

“मध्य अफ्रिकामा यो बर्ष मानवीय सहयोग लिएर पुगेका राष्ट्रसंघीय अधिकारीमाथि नै आक्रमण भएपछि सहयोगको आवश्यकता भएका बालबालिकाको जीवन दिनप्रतिदिन कठीन बनेको छ ।” 

अफ्रिकी गणराज्यमा सन् २०१७ मा विभिन्न ६७ वटा आक्रमण मानवीय सहयोगका लागि काम गर्ने अन्तर्राष्ट्रिय संघसंस्थामाथि भएको थियो, जुन सन् २०१८ को साढे आठ महिनामा बढेर २९४ पुगेको यूनिसेफको दावी छ । 

मुहिघानाले मध्य अफ्रिकामा देखिएको समस्या विश्वमा नै उपेक्षित भएका मानवीय सङ्कटमध्ये सबैभन्दा उपेक्षित अवस्था हो । 

salt training

कमेन्ट गर्नुहोस्