
काठमाडौं–पाँचाैं चरणका खेल शुरु हँदासम्म जारी लिगमा शतप्रतिशत नजिता निकाल्दै मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा छ ।
मनाङले लिग खेलको चारवटै खेल जित्दै १२ अङ्क जोडेको छ । थ्री स्टार पाँच खेलबाट १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ भने प्रहरी १० अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ ।
त्रिभुवन आर्मी क्लब १० अङ्कसहित चौथो, हिमालयन शेर्पा पाँचाैं, सङ्कटा क्लब छैटाैं, सरस्वती क्लब सातौँ, च्यासल युथ क्लब आठौँ तथा एपिएफ चार अङ्कका साथ नवौँ तथा ब्रिगेड ब्वाइज १०औँ स्थानमा रहेको छ ।