२४ जेठ २०८३, आइतबार

राष्ट्रसंघले निर्मला हत्या प्रकरण अनुगमन गर्ने

मंसिर १५, २०७५
राष्ट्रसंघले निर्मला हत्या प्रकरण अनुगमन गर्ने

काठमाडौँ- महिला हिंसाविरुद्ध संयुक्त राष्ट्रसंघीय विशेषदूत डुब्रभ्का सिमोनोभिचले निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा राष्ट्रसंघले अनुगमन गर्ने बताएकी छन् ।

निर्मला प्रकरणबारे सरकारी अधिकारीसँगको भेटमा के कुरा भयो भन्ने प्रश्नमा उनले भनिन्, ‘यस मामलामा थप जानकारीका लागि अनुरोध गरेकी छु । यसबारे अनुगमन गर्ने बताएकी छु ।’

निर्मला प्रकरणमा सरकारलेलिने रवैयाले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनप्रतिको उसको प्रतिबद्धता प्रस्ट हुने उनले बताइन् । ‘निर्मला पन्तसम्बन्धी मुद्दा सरकारका लागि परीक्षण हो,’ महिला हिंसाको अवस्थाबारे प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्दै सिमोनोभिचले बिहीबार भनिन्, ‘आशा छ, नेपालले अपनाएको मानव अधिकार मापदण्डको मानकका रूपमा यसको प्रभावकारी ढंगले समाधान हुनेछ ।’ कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्