०१ असार २०८३, सोमबार

नेकपा एकतामा प्रदेश किचलो, नामावली सार्वजनिक नहुँदै विवाद

मंसिर १५, २०७५
नेकपा एकतामा प्रदेश किचलो, नामावली सार्वजनिक नहुँदै विवाद

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक नहुँदै विवाद सुरु भएको छ ।

टुंगो लागिसकेको प्रदेश सदस्यको नामावलीमा शीर्ष नेताले आफूअनुकूलका नेताको नाम थप्ने र काट्न थालेसँगै स्थायी कमिटीका सदस्यको दबाबका कारण सो नामावली सार्वजनिक हुन नसकेको हो ।

गत बुधबारको सचिवालय बैठकले सातवटै प्रदेश कमिटीका सदस्यको नामावली टुंगो लगाएको थियो । टुंगो लागेको नामावली बिहीबार सार्वजनिक गर्ने पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताएका थिए ।

नेकपा स्थायी कमिटीका सदस्य घनश्याम भुसालले प्रदेश कमिटीका सदस्यको नामावली सचिवालयले सार्वजनिक गरे स्थायी कमिटीले उल्ट्याइदिने चेतावनी दिए । स्थायी कमिटीमा छलफल पछि पारित भए मात्रै नामावली सार्वजनिक गर्न मिल्ने बताउँदै सचिवालयलाई प्रदेश सदस्यको नामावली सार्वजनिक गर्ने अधिकार नभएको बताए । आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्