२५ असार २०८३, बिहीबार

जडिबुटीमा झापाकी युवतीको रहस्यमय मृत्यु

मंसिर १५, २०७५
जडिबुटीमा झापाकी युवतीको रहस्यमय मृत्यु

काठमाडौं – जडीबुटी बस्ने झापाकी १९ वर्षीया भावना गुरूङको शनिवार रहस्यमय ढंगबाट मृत्यु भएको छ । 

काठमाडौं महानगरपालिका–६ बौद्धस्थित टुसाल बस्ने सर्लाही जानकीनगरका सञ्जीव लोप्चनको कोठामा अचानक बेहोस भएकी भावनाको उपचारका लागि नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनुसन्धनका लागि लोप्चनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । 

यसैबीच, सोही वडाको सरस्वतीनगरमा बारा कलैयाका ४० वर्षीय प्रितम कुमारको इलेक्ट्रोनिक्स पसलबाट शनिवार करीब २ लाख रुपैयाँ बराबरको ६ थान टीभी चोरी भएको छ । चोरीमा संलग्न रहेका व्यक्तिको खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

गाँजासहित पक्राउ 

चन्द्रागिरि नगरपालिका–२ पिपलामोडबाट धादिङ गल्छी गाउँपालिका– ७ बस्ने १८ वर्षीया सरिता तामाङ र सोही ठाउँका १७ वर्षीय सञ्जोक तामाङलाई तीन किलो अवैध गाँजासहित पक्राउ गरेको छ । शुक्रवार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्