२४ असार २०८३, बुधबार

नेविसङ्घले जिल्ला अधिवेशन गर्न खटायो प्रतिनिधि

मंसिर १५, २०७५
नेविसङ्घले जिल्ला अधिवेशन गर्न खटायो प्रतिनिधि

काठमाडौँ– नेपाल विद्यार्थी सङ्घले देशभर जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि खटाएको छ । 

नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म हुने १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि आज ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको हो ।
 

अध्यक्ष नैनसिंह महरले सङ्घको विधान र नियमावलीअनुसार सबै जिल्लामा निर्वाचन सम्पन्न गर्न केन्द्रबाट प्रतिनिधि खटाएको जानकारी दिए । 

“सङ्घको विधान र नियमावलीअनुसार काम नगर्ने प्रतिनिधिलाई कडा कारवाही गर्नेछौँ,” उनले भने ।  

खटाइएको चार दिनभित्रमा तोकिएको जिल्ला पुगेर काम नगर्ने प्रतिनिधिको विकल्पमा अर्को पठाइने उनको भनाई छ । 

नेविसङ्घले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यामिक तथा उच्चमाध्यामिक विद्यालय, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगर, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस तथा विश्वविद्यालय, पुस १४ भित्र सबै जिल्ला र पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्