०३ असार २०८३, बुधबार

पाकिस्तानलाई चीनले नगद ऋण नदिने, लगानीमा जोड

मंसिर १७, २०७५
पाकिस्तानलाई चीनले नगद ऋण नदिने, लगानीमा जोड

काठमाडौं — विगत केही वर्षयता पाकिस्तानले थुप्रै ऋण लिएको छ र सबभन्दा बढी ऋण त चीनबाटै लिएको हो । चीनका अनेकौं महत्त्वपूर्ण परियोजना पाकिस्तानमा चलिरहेका छन् । 

तर अब चीनले नगद ऋण नदिने निर्णय लिएको छ । चीनका अनुसार, ठूलो आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानलाई ऋण दिनुको साटो चीनले अनेकौं क्षेत्रमा लगानी गरेर व्यापार पनि शुरू गर्नेछ । 

अघिल्लो महिना पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चीन भ्रमण गरेर आफ्नो देशको कमजोर आर्थिक स्थिति हटाउन आर्थिक प्याकेज चीनसँग मागेका थिए । बेइजिङबाट फर्केपछि उनका मन्त्रिपरिषद् सदस्यले यात्रा सफल
भएको र यसबाट अन्तर्राष्ट्रिय मुद्रा कोषमा इस्लामाबादको निर्भरता कम गर्न सहयाृग पुगेको बताए । 

भ्रमणको एक हप्तापछि पाकिस्तानका अर्थमन्त्री असद उमरले पाकिस्तानको भुक्तान संकटको सन्तुलनमा सुधार भएको बताए । 

तर अब चीनले पाकिस्तानलाई नगद ऋण चाहिँ नदिने बताएको छ । पाकिस्तानलाई अप्ठ्यारा नपार्नेे तर नगद ऋणको साटो लगानीमा जोड दिने चीनको भनाइ छ । 

राजनीति र आर्थिक क्षेत्रमा चीनले सहयोग बढाउने र सांस्कृतिक सम्बन्ध सुधार्ने बताइएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्