
बुटवल–पाल्पा बुटवल सडक मर्मतका लागि सोमवारदेखि तीन दिनसम्म दैनिक छ घण्टा बन्द हुने भएको छ । तिनाउ गाउँपालिका दोभानको चिडियाखोला-भूतखोला सडकखण्ड मर्मत गर्नुपर्ने भएकाले दैनिक बिहान १० देखि अपराह्न सडक बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
भासिएका र भत्किएका क्षेत्रमा गाडी रोकेर मर्मत सम्भार शुरू गर्न लागरिएको कार्यालय प्रमुख केदार नेपालले बताए । यस्तो अवस्थाको राजमार्ग मर्मत सम्भारका लागि बजेटको अभाव समेत रहेको उनको भनाइ छ । नेपालका अनुसार ५८ किलोमिटर लामो यो सडकका लागि वार्षिक ३० लाखको हाराहारीमा बजेट विनियोजन हुने गरेको छ ।

राजमार्गको मस्याम हिउँदेखोलादेखि बुटवल चिडियाखोलासम्मको सडक छिया–छियाजस्तै बनेको छ । ‘करीब १० किलोमिटर क्षेत्रमा सोमबारदेखि गाडी नै रोकेर मर्मत सम्भार गर्न शुरू गर्नेछौं,’ सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख नेपालले भने, ‘तीन दिनसम्म निरन्तर मर्मत सम्भार गर्छौं ।’
चिडियाखोलादेखि राम्दी पुलसम्मको ५८ किलोमिट सडकमध्ये सबैभन्दा कमजोर खण्ड यही १० किलोमिटरमा रहेको छ ।