काठमाडौं, २० फागुन– भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले भारतको सहयोगमा नेपालमा लोडसेडिङ कम गर्न सकिएको अभिव्यक्ति दिएका छन् । अन्तरदेशीय प्रशारण लाईन निर्माण भैसकेकोले भारतबाट ल्याईएको विजुली काठमाडौंसम्म ल्याउन सकिएकाले यहाँ लोडसेडिङ कम भएको उनको भनाई छ ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भने,‘अन्तरदेशीय प्रशारण लाईन निर्माण भएकोले हामीले विजुली पाएका छौं, अहिले हामीले थप १२० मेगावाट विजलुी माँगेका छौं।’ उनले विजुली उपलब्ध गराएकोमा मित्रराष्ट्र भारतलाई धन्यवाद दिनुपर्ने बताए। उनले अघि थपे,‘भारतकै कारणले नेपालमा लोडसेडिङ अन्त्य हुँदै गैरहेको छ, यो कुरा सबैलाई थाहा छ।’
उनले नेपालको चुनावलाई लिएर भारतको कुनै पनि असन्तुष्टि नरहेकोे समेत बताए ।
उपाध्यायले भने,‘भारतले चुनावको कुनैपनि विरोध गरेको छैन, नेपालको संसद र मन्त्रिपरिषदले गरेको निर्णयलाई अरुलाई दोष दिएर हामी उम्कन मिल्दैन, त्यसैले अरुलाई दोष लगाउने बानीबाट नेपाल मुक्त हुनुपर्छ, र स्थानीय तहको निर्वाचन हुनैपर्छ, भारतले नेपालमा हुन लागेको चुनावको अहिलेसम्म कुनै विरोध गरेको छैन, र म सँगपनि कुनै असहमति व्यक्त गरेको छैन्।’
उनले लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुनाव भएको जिकिर गर्दै भने,‘अब चुनाव हुनुपर्छ, त्यो आफैले गर्ने हो, भारतलाई दोष दिएर हामी उम्कन मिल्दैन।’