२९ असार २०८३, सोमबार

अमेरिकी फुटबल खेलाडी बोकेको बस दुर्घटना, एकको मृत्यु

मंसिर १७, २०७५
अमेरिकी फुटबल खेलाडी बोकेको बस दुर्घटना, एकको मृत्यु

अमेरिका– अमेरिकाको दक्षिणी राज्य अकान्सामा युवा फुटबल खेलाडीहरूको टोली लिएर हिँडिरहेको बस सोमबार दुर्घटना हुँदा बसमा यात्रारत एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार बसमा करिब ४० जना रहेका र अधिकांश बालबालिका रहेका थिए । 
टेक्सासको डल्लास शहरबाट युवा समूहको प्रतिस्पर्धामा सहभागी भै टेनिसीको मेम्फिसतर्फ गइरहेका वेला बस अर्कान्साको बेन्टनमा नियन्त्रण गुमाउँदा सडकमा पल्टिन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताइएको छ । 
अर्कान्सा राज्यको प्रहरीले आफ्नो फेसबुक पोष्टमा घटनाबारे जानकारी दिँदै भनेको छ, “बस दुर्घटनामा एक बालकको मृत्यु भएको र अधिकांश बालबालिकासहित कम्तीमा ४० जना घाइते भएका छन् ।” 
“घाइतेहरू सबैको लिटिल रक र बेन्टनस्थित स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।” 
बस चालक जीवित रहेको र दुर्घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्