१४ असार २०८३, आइतबार

नेपालमा लोडसेडिङ अन्त्य हुनुको जस लिने भारतीय प्रयास

कात्तिक २०, २०७४
नेपालमा लोडसेडिङ अन्त्य हुनुको  जस लिने भारतीय प्रयास
काठमाडौं, २० फागुन– नेपालमा लोडसेडिङ हट्नुमा आफ्नो भूमिका रहेको भारतीय पक्षले दाबी गरेको छ । जनार्दन शर्मा उर्जामान्त्री भएसँगै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका कुलमान घिसिङको कुशल कार्यक्षमताका कारण उपत्यकासहित देशका विभिन्न भागलाई लोडसेडिङ मुक्त बनाइएको भनिएको बेला भारतले यस्तो दाबी गरेको हो ।binaya
नेपालका लागि भारतका कार्यवाहक राजदूत विनय कुमारले नेपालको लोडसेडिङ अन्त्यमा भारतको भूमिका रहेको दाबी गरेका हुन् ।
बारामा शुक्रबार नीति अनुसन्धान प्रतिष्ठान, नेपाल, अन्तर्राष्ट्रिय सहयोग परिषद् भारत र नेपाल भारत सहयोग मञ्च, वीरगञ्जको संयुक्त आयोजनामा भएको एक गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै उनले अब भारतको सहयोगबाट नेपालले कहिले लोडसेडिङ भोग्नुनपर्ने दिन आउन लागेको समेत बताए ।
‘मुख्य शहरहरूमा लोडसेडिङ अन्त भइसकेको छ, अब नेपालभर लोडसेडिङ अन्त हुन्छ ,’ कार्यवाहक राजदूत कुमारले भने,‘भारतले नेपाललाई आवश्यक पर्ने विद्युत आपूर्ति गरिरहेकाले नेपालको शहरमा बस्ने जनताका लागि लोडसेडिङ इतिहास बनिसकेको छ ।’
रक्सौल परवानीपुरसहितका तीनवटा प्रसारण लाइन निर्माणपछि बढीभन्दा बढी विद्युत प्रसारण गर्न सकिएबाट लोडसेडिङ सदाका लागि अन्त हुने वातावरण बनेको बताए ।
यसअघि आजै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि राजधानीमा आयोजित कार्यक्रममा यस्तै खालको अभिव्यक्ति दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्