१४ असार २०८३, आइतबार

कांग्रेस केन्द्रीय समिति बैठकमा आर्थिक मस्यौदाको प्रतिवेदन पेस गर्ने तयारी

मंसिर १८, २०७५
कांग्रेस केन्द्रीय समिति बैठकमा आर्थिक मस्यौदाको प्रतिवेदन पेस गर्ने तयारी

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा पार्टीको विधान मस्यौदामाथिको छलफल जारी रहने छ ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले पेस गरेको फरक मतसहितको विधान मस्यौदामाथि सदस्यलेहरुले धारणा राख्ने क्रम जारी छ । विधान मस्यौदामाथिको चौथो दिनको छलफल सकिँदा ३१ जनाले धारणा राखेका छन् । बैठकमा बोल्ने अधिकांश सदस्यले व्यक्तिलाई भन्दा संगठनलाई मजबुद बनाउनु पर्ने बताएका छन् । 

यस्तै आजको बैठकमा सह–महामन्त्री प्रकाश शरण महत नेतृत्वको आर्थिक मस्यौदा समितिले प्रतिवेदन पेस गर्ने तयारी गरेको छ । आगामी महासमिति बैठकमा पेस गर्ने आर्थिक प्रतिवेदन तयार भएकाले सो प्रतिवेदन केन्द्रीय समितिको आजको बैठकमा पेस हुन लागेको कांग्रेसले जनाएको छ । 

कांग्रेसले महासमिति बैठक यही मंसिर २८ देखि पुष ३ गतेसम्म तय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्