०१ असार २०८३, सोमबार

अर्घाखाँचीमा आगलागीबाट १ जनाको मृत्यु

मंसिर १८, २०७५
अर्घाखाँचीमा आगलागीबाट १ जनाको मृत्यु

काठमाडौं – अर्घाखाँचीको मालारानी गाउँपालिका–६ मेहेलपानी चित्रेटोलामा जंगबहादुर विकको घरमा आगलागी हुँदा उनका ११ वर्षीय छोरा नारायण विकको ज्यान गएको छ । 

हिँडडुल गर्न नसक्ने छोरा घरभित्र बसेको बेला एक्कासी विद्युत् सर्ट भई लागेको आगोले छोराको मृत्यु भएको बुवा जंगबहादुर विकले बताए ।

आगलागीबाट घरभित्र रहेका खाद्यान्न, कपडा नष्ट हुँदा करीब १२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रण बाहिर गएपछि समयमै गाउँलेले आगो नियन्त्रण गर्न नसक्दा मानवीय क्षतिसहित ठूलो धनमालको क्षति भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्