
काठमाडौं — सुपरस्टार रजनीकान्तको फिल्म २.० का निर्माताहरूले सोमवारसम्म ४०० करोड अर्थात् चार अर्ब भारु कमाइ गरेको बताएका छन् । संसारभरिको बक्सअफिसबाट यो कमाइ भएको उनीहरूको कथन छ ।
निर्देशक शंकरले निर्देशन गरेको सन् २०१० को ब्लकबस्टर फिल्म एन्धिरनको सिक्वेल २.० लाई लाइका प्रोडक्सन्सले निर्माण गरेको हो ।
लगभग ६०० करोड भारु खर्च गरेर बनाइएको फिल्मले लगानी सुरक्षित गर्ने लक्षण देखाएको छ ।
२.० मा रजनीकान्त फरक फरक अवतारमा देखिएका छन् । अनि फिल्ममा अक्षय कुमार, एमी ज्याक्सन, आदिल हुसेन र सुधांशु पाण्डेको पनि राम्रो अभिनय छ ।
अक्षयको यो पहिलो दक्षिणी फिल्म हो र पहिलो फिल्ममै उनले धमाका गरेका छन् ।
एजेन्सी