
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।
अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटको साइनबोर्डमा चिप्लिनुस्, तर ध्यानपूर्वक लेखिएको पाइन्छ जबकि त्यसको वास्तविक अर्थ हुन्छ भुइँ चिप्लो छ, ध्यान दिनुस् ।
यो अभियान सन् २०२२ को शीतकालीन ओलम्पिकभन्दा अघि विदेशीहरूलाई लक्षित गरी चलाइएको हो ।
सन् २००८ मा ओलम्पिकका लागि बेइजिङ शहरलाई तयार पार्दा चिनियाँ संकेतहरूको गलत अंग्रेजी अनुवाद भेटिएका थिए । त्यसपछि जनजागरुकताको सहायताले अनेकौं आधिकारिक संकेतमा भएका गलत अनुवादलाई हटाइएको छ ।
सन् २०१७ को डिसेम्बर १ बाट सरकारी सेवामा अंग्रेजी अनुवाद राष्ट्रिय मानकको प्रभावमा परे । चिनियाँ अनुवादक संघका कार्यकारी अधिकारी चेन मिङमिङले सार्वजनिक स्थानमा राखिएका अनुवादले विदेशीहरूलाई सजिलो हुने र
शहरको छवि निर्धारण गर्ने बताए ।
एजेन्सी