काठमाडौँ, २१ फागुन- मुलुककै लामो कर्णाली पुल बनेको दुई बर्षमै चिरा परेको खबर कान्तिपुरमा खबर छ । यसले दुर्घटनाको जोखिम बढाएको छ।
कोठियाघाटस्थित कर्णालीको भँगालो गेरुवा नदिमा बनाइएको पुल ०७१ असोजबाट सञ्चालनमा आएको थियो । ०६७ असारदेखि निर्माण थालिएको पुल ०७२ असार मसान्तमा पुरा गर्ने सम्झौता थियो ।
लक्ष्यभन्दा एक बर्षअघि नै पुल निर्माण सम्पन्न भएको भन्दै ठेकेदारले हस्तान्तरण गरेका थिए । यसबापत निर्माण कम्पनीलाई सरकारले पुरस्कृत गरेको थियो । पुलको माथिल्लो भाग चिरा पर्दै गएपछि जोखिमपूर्ण रहेको स्थानीयले बताए ।