राजबिराज–नागरिकता प्रमाणपत्र प्रदान गर्ने निकायको चरम लापबाहीको नमूना राजविराजमा देखिएको छ ।
नागरिकता पाएको १२ वर्षपछि नागरिकतामा टाँसिएको फोटो परिवर्तन गर्न शुक्रबार जिल्ला प्रशासन कार्यालय पुग्दा नागरिकता प्रदान गर्ने निकायको चरम लापरबाही भेटिएको हो ।
सप्तरीको साबिकको बेल्ही चपेना गाविस वडा नम्बर ४ निवासी हकरिकादेवी मण्डलले आफ्नो पाएको नागरिकता धमिलिएको फोटो परिवर्तन गर्न खोज्दा सरकारी लापरबाही उदांगो भएको हो ।
उनले १८ फागुन २०६३ मा जिल्ला प्रशासन कार्यालयको टोलीमार्फत नेपाली नागरिकता बनाएकी थिइनु । तर सो नागरिकता प्रमाणपत्रमा नागरिकता नम्बर नै उल्लेख छैन । अहिले आएर प्रशासनले फेरि नयाँ प्रक्रियाबाट नयाँ नागरिकता बनाउन भनेको आजको राजधानी दैनिकमा खबर छापिएको छ ।