१४ असार २०८३, आइतबार

भारतमा विधानसभा चुनावको नतिजा –मोदीको पार्टीले ठूलो हार व्यहोर्ने संकेत

मंसिर २२, २०७५
भारतमा विधानसभा चुनावको नतिजा –मोदीको पार्टीले ठूलो हार व्यहोर्ने संकेत

भारतको पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा मंगलबार आउने छ । तर त्यसभन्दा पहिला जारी भएका एक्जिट पोल(पूर्वानूमान) ले सत्तारुढ भारतीय जनता पार्टीलाई राम्रो संकेत दिएका छैनन् ।

मध्य प्रदेश, छत्तीसगढ तथा राजस्थानको सत्तामा बीजेपीको विदाई देखिएको हो । जबकी कांग्रेस पूर्णबहुमतका साथ सत्ताको सिंहासनमा बस्ने देखिएको छ । यस्तोमा यदी एक्जिट पोल चुनावी नतिजामा बदलिए बीजेशी शासित राज्यमा हारको जिम्मा कसको टाउँकोमा पर्ने हो ? भन्दै भारतीय सञ्चारमाध्यममा समाचारहरु प्रकाशन भएका छन् । 

इण्डिया टुडे र एक्सिस माइ इण्डिया एग्जिट पोलका अनुसार राजस्थानमा बीजेपीलाई ठूलो धक्का लाग्ने देखिएको छ । कुल २०० विधानसभा सीटमा कांग्रेको खातामा ११९ देख ि१४१ सीट आउने अनुमान गरिएको छ । मुख्यमन्त्री वसुन्धरा राजेको नेतृत्वमा रहेको बीजेपीले ५५ देखि ७२ सीट पाउने अनुमानहरु सार्वजनि भएको छ । 

यहाँ २०१३ मा भएको धिानसभा चुनावमा बीजेपीले १६३ सीट हात पारेको थियो । 

एग्जिट पोलका अनुसार छत्तीसगढको ९० सीटमा कांग्रेसले ५५ देखि ६५ सीट र बीजेपीले २१ देखि ३१ सीट जिज्ने देखिएको छ । 

मध्यप्रदेशमा कुल २३० सदस्यीय विधानसभामा बीजेपीको १०२ देखि १२० सीट तथा कांग्रेसले १०४ देखि १२२ सीट पाउने अनुमान गरिएको छ । 

पाँच राज्यमा भएको विधानसभा चुनावलाई २०१९ को लोकसभा चुनावको सेमीफाइनलको रुपमा लिइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्