
काठमाडौं– लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार साँझ भएको खेलमा लिभरपुलले बर्नमाउथलाई ४–० गोलले गराएसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।
लिभरपुलको जितमा स्ट्राइकर मोहमद सलाहको ह्याट्रिक पूरा गरे ।
सलाहले २५ औं, ४८ औं र ७७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । एक गोल भने लिभरपुलले उपहार पायो ।
६८औं मिनेटमा बल बचाउने क्रममा बर्नमाउथका स्टिभ कुकले आत्मघाती गोल गरे ।
शीर्ष स्थानमा उक्लिएको लिभरपुलले १६ खेलबाट ४२ अंक छ । एक खेल कम खेलेका म्यानचेस्टर सिटीको ४१ अंक छ ।