
पाल्पा– आव ०७५/०७६ मा पाल्पामा चौरासी वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् ।
तीमध्ये ४१ वटा मुद्दा फछ्र्यौट भएको जिल्ला अदालत पाल्पाका तहसिलदार भेषराज खनालले बताए ।
फछ्र्यौट हुन बाँकी ४३ मध्ये एक मिलापत्र, चार फैसला र दुई फिर्ता भएका छन् ।
आव ०७४÷०७५ मा १३३ मुद्दा दर्ता भएको थियो । तीमध्ये १११ वटा फछ्र्यौट भएको थियो । त्यस्तै ०७३÷०७४ दर्ता भएका १२४ वटा सम्बन्ध बिच्छेदका मुद्दामध्ये १००वटा फछ्र्यौट भएको जिल्ला अदालत पाल्पाले जनाएको छ ।