३१ जेठ २०८३, आइतबार

राजधानीको नयाँ बजारमा आइचरले मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु

मंसिर २२, २०७५
राजधानीको नयाँ बजारमा आइचरले मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु

    काठमाडौँ– आइचर गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

    काठमाडौँ महानगरपालिका–१६ नयाँबजार कालधारामा फोहर बोक्ने बा३ख ४३२० नंको आइचर गाडीको ठक्करबाट बा ५१ प ६८६७ नंको मोटरसाइकल चालक काठमाडौँ धोबिचौरका ३० वर्षीय अनिल गुरुङकोे मृत्यु भएको हो । 

    महानगरीय ट्राफिक प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख पिताम्बरसिंह धामीले गाडीको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आज दिउँसो मृत्यु भएको जानकारी दिए । 

    ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको वृत्तले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्