एजेन्सी - तपाईँले एक महिलाले कति ओटा सम्म बच्चा जन्माएको सुन्नु भएको छ ? १०, १५ या २० ? अब तपाईलाई हामी सुनाउँदै छौं कि एक महिलाले ६९ ओटा बच्चा जन्माएकी छिन् ।

तपाई अचम्मित हुनुभयो होला तर यो साँचो हो । प्यालेस्टाइनमा ६९ बच्चालाई जन्म दिएपछि एक महिलाको गत आइतबार मृत्यु भएको छ । ४० वर्षीया उनको मृत्युको खबर उनका श्रीमानले पुष्टि गरेको अल अरबियाको खबर उदृत गर्दै इन्डिया टुडेले जनाएको छ ।
गाजा पट्टीकी ति महिलाले १६ पटक जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । जबकि सात पटक एकैपटक तीन सन्तानलाई जन्म दिएकी थिइन् भने चार पटक चारवटा सन्तानलाई एकैपटक जन्म दिएकी थिइन् । जसअनुसार उनले जम्मा ६९ बच्चालाई जन्म दिइन् ।
समाचारमा जनाइए अनुसार उनी संसारकी सबैभन्दा धेरै प्रजनन क्षमता भएकी महिला हुन् ।