०२ असार २०८३, मंगलबार

समिति बैठकमै जाँदैनन् देउवा र प्रचण्ड

मंसिर २३, २०७५
समिति बैठकमै जाँदैनन् देउवा र प्रचण्ड

काठमाडौँ – संसदीय समितिलाई ‘मिनी संसद्’ मानिन्छ । उक्त समितिका गतिविधिलाई व्यवस्थित गर्न प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ र २ वटा संयुक्त गरी १६ वटा समिति बनाइएका छन् । 

तर पछिल्लो चरणमा ती समितिका बैठकमा शीर्ष नेताहरुले चासो देखाउन छाडेका छन् । उनीहरुको बेवास्ताले समितिको गति नै रोकिएको छ । 

आफ्नो समितिको बैठकमा अहिलेसम्म एकपटक पनि नजानेमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड छन् । 

समिति बैठकमा उपस्थित सदस्य पनि धेरैजसो हाजिर गरेरै हिँड्ने गरेका छन् ।

 हाजिर गरेबापत संसदको बैठक बसेसरहकै सुविधा हुने गरेको छ तर एकैदिन समिति र संसद् बसे पनि एउटामात्र सुविधा उपलब्ध हुने गरेको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्