०६ असार २०८३, शनिबार

नेकपाका शीर्ष नेताबीचमै कित्ताकाट

मंसिर २३, २०७५
नेकपाका शीर्ष नेताबीचमै कित्ताकाट

काठमाडौं –सांगठानिक एकीकरणलाई लिएर सुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थासम्म आइपुगेको छ ।  अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर  छ । 

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकलौटीरुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता समयमै बैठक नभएकाले सहभागी नै नभई बाहिरिएका हुन् ।

प्रदेशको पदाधिकारी र प्रदेश कमिटी चयनमा अध्यक्षद्धय ओली र प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिवारको सचिवालय बैठकमा सहभागी भएनन् । 
 तर उनीहरू बेगर बसेको उक्त बैठकले आगामी २९ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्