
काठमाडौंण् ५ पटकभन्दा धेरै नियम उलंघन गर्ने ट्याक्सी चालकको लाइसेन्स ६ महिनासम्म निलम्बन हुने भएको छ ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ–ट्राफिक प्रहरीले नियम मिच्ने ट्याक्सी चालकको विवरण संकलन बिहीबारदेखि सुरु गरिसकेको छ ।
कारबाहीमा पर्ने अवस्थाः
-तोकिएको भन्दा बढी भाडा लिए
-यात्रुलाई भनेको ठाउँमा नपुर्याए
-मिटरमा जान नमाने
-भाडामा मोलमोलाई गरे
-ट्याक्सीको मिटर बिगारे
-प्रयोजनविपरित ट्याक्सी चलाए
-बिग्रिएको मिटर बेलैमा मर्मत नगरे