
विराटनगर– निजी तथा आवासिय विद्यालय नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा अर्जुन बस्नेत निर्वाचित भएका छन् । १४ औं अधिवेशनबाट निकटतम् प्रतिद्वन्द्वी सुनिल पौडेललाई ४० मतले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् ।
गएराति भएको निर्वाचनको मत गणनापछि बस्नेतले १ सय २१ मत प्राप्त गर्दा पौडेलले ८१ मत प्राप्त गरेका थिए । बस्नेत समूहले सहसचिव बाहेक सम्पूर्ण पदमा आफ्ना पदाधिकारीलाई जितेको हो । सहसचिवमा मनकुमारी गुरुङ निर्विरोध निर्वाचित भएकी हुन् ।
त्यस्तै प्याब्सन मोरङको वरिष्ठ उपाध्यक्षमा सितला सुब्बा, महिला उपाध्यक्षमा रिना थापा निर्विरोध निवौचित भएका छन् । दुई उपाध्यक्षमा भक्तराज सुब्बा र सुवास राई विजयी भएका छन् । त्यस्तै सचिवमा प्रेमलालसिंह सुवालले पुष्पविक्रम बस्नेतलाई ५७ मतान्तरले पराजित गरे ।
कोषाध्यक्षमा अमिश रेग्मीलाई पराजित गर्दै जगतबहादुर बस्नेत निर्वाचित भए । दुई सह–सचिवमा सिएम रिजाल र विष्णु दंगाल निर्वाचित भए । सह–कोषाध्यक्षमा देवी सिटौला निर्वाचित भए । सदस्यका लागि भएको निर्वाचनबाट अमृतप्रसाद ढकाल, केदार पौडेल, ईन्द्र सुब्बा, नगेन्द्रप्रसाद ढकाल, सुर्यप्रसाद गौतम र दिपेन्द्र कर्ण निर्वाचित भएका छन् ।
त्यसैगरि १६औं महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनबाट नेत्रप्रसाद गड्तौला, इन्द्रप्रसाद घिमिरे, राजु तिम्सिना, हिरा थापा, गोपालप्रसाद पाठक, कमलराज गौतम, भुवन श्रेष्ठ, केदार खनाल, अमित खड्का, तेजबहादुर खत्री, कृष्णप्रसाद गौतम, छवि बास्कोटा, चोलानाथ पोखरेल, चण्डी रेग्मी, भोलानाथ पाण्डे, रविन कन्दग्ङवा निर्वाचित भएको नव निर्वाचित सचिव प्रेमलालसिंह सुवालले बताए ।